२१ बैशाख २०६७
गोरखाको बोर्लाङ्ग गाविसको वडा नंबर ८ क्यामुन्टारमा विजुलीवत्ति पुगेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । गाउँलेलेले उठाएको ७ लाख रुपियाँ र नेपाल विद्युत प्राधिकरणले सहयोग गरेको ८ लाखको लागतमा गाउँमा वत्ति बल्न थालेको उपभोक्ता समितिका अध्यक्ष साधुराम थापाले जानकारी दिनुभएको छ ।
प्राधिकरणबाट प्राप्त रकमले मुख्य लाइन विस्तार गरेको र गाउँबाट उठाएको पैसाले ट्रान्समिटर खरिद र शाखा लाइन विस्तार गरेको उहाँले बताउनुभयो । हालसम्म गाउँको १ सय ६० घरधुरीमध्ये ८४ घरमा वत्ति वल्न थालेको र बाँकी घरमा बैशाख अन्त्यसम्ममा बल्ने सचिव रिाजत श्रेष्ठले बताउनुभयो । ती घरहरुमा मिटरबक्स राख्न बाँकी रहेकाले केही दिन लाग्ने उहाँले बताउनुभयो ।
गाउँको बाँकी क्षेत्रमा वत्ति बाल्नका लागि जिल्ला विकास समितिबाट ३ लाख रुपियाँ दिएको छ । गाउँमा विजुली पुगेपछि फर्निचर उद्योग र राइसमिलहरु खुल्न थालेका छन् । क्यामुन्टारमा हालसम्म दुइवटा फर्निचर र त्यतिनै संख्यामा राइसमिल खुलेको छ ।
No comments:
Post a Comment