२१ बैशाख २०६७
त्ानहुँको प्रसिद्ध तीर्थस्थल छाब्दीबाराही मन्दिरमा देवीको नयाँ शिला फेला परेको छ । जीर्ण पुरानो पुल भत्काई नयाँ पुल निर्माण गर्ने क्रममा उत्खनन गर्दा उक्त शीला भेटिएको हो । मन्दिरका पुजारी क्याप्टेन कुल बहादुर थापाका अनुसार शिलामा देवी तथा शिवको आकृति देखीन्छ ।अब केही समयमा नै मन्दिरको स्थापना गरी त्यसलाई प्रतिस्थापन गरिने पुजारी आलेले जानकारी दिनुभयो । हाल मन्दिर नजिकै राखिएको शीलालाई पुजाआजा गर्न र हेर्नका लागी बन्दकै बेलामा पनि उल्लेख्य दर्शनार्थी आउने गरेको स्थानीय भरत पन्थले बताउनुभयो ।
No comments:
Post a Comment