Tuesday, May 4, 2010

बेच्न नपाएपछि किसानले सडकमै तरकारी फ्याँके एक लाख बराबरको तरकारी कुहिएर नष्ट

२१ बैशाख २०६७
व्यवसायिक रुपमा तरकारीखेतीबाट जीवन धान्दै आएका धादिङका किसानहरुले आज सडकमा तरकारी फ्याँकेका छन् । आम हडतालका कारण विकि्रका लागि तयार भएको तरकारी बेच्न नपाएपछि धादिङको बेनिघाट-९ सलाङघाटका किसानहरुले विरोध स्वरुप सडकमा तरकारी फ्याकेका हुन् ।
विकि्रका लागि तयार भएको गोलभेंडा लौका काँक्रो भ्यान्टा फसर्ी लगायतका तरकारीहरु विगत तीन दिनदेखि विकि्र गर्न नपाएको र अझै कतिदिन नपाईने हो भन्दै किसानहरुले तरकारी सडकमा फ्याकेका हुन् ।
उता आमहड्तालको तेस्रो दिनसम्ममा तनहुँ सदरमुकाम दमौलीका व्यवसायिको एक लाख रुपैयाँ बराबरको तरकारी कुहिएर नष्ट भएको छ । माओवादीले बजार बन्द गराउने क्रममा तरकारी पसलहरु समेत बन्द गराएपछि आलु टमाटर लगायतका तरकारीहरु पसलमै कुहिन थालेको व्यवसायीहरुको भनाई छ । दमौलीस्थित श्रेष्ठ आलु सप्लायस्र दीपक श्रेष्ठले माओवादीको आम हडतालले आजसम्म १५ बोरा आलु कुहिएर फालिसकेको बताउनुभयो ।

No comments: