२१ बैशाख २०६७
एकीकृत नेकपा माओवादीद्धारा आह्वान गरेको तेस्रो जनआन्दोलन वा आम हड्तालको तेस्रो दिन आज बेसीशहरमा वर्तमान सरकारको कार्टुन लास र कुकुर बनाएर बजार घुमाउनुका साथै विशाल प्रर्दशन गरेको छ ।
उक्त कार्टुनमा म रक्षामन्त्री भनी लेखिएको कपडा कुकुरको सरीरमा बाँधेर कुकुरलाई बजार घुमाइएको थियो । साथमा आन्दोलनकारीले सरकारको लास स्वरुप कार्टुन बनाएर दुइवटा बाँसको घारोमा राखी पँहेलो कपडाले बेरेर दुइजनाको काँधीकाठ सहित बजार घुमाएका थिए । सो कुकुर र लास सहितको जुलुसमा एकोहोरो संख फुक्दै चोक चोकमा बुर्की र टिलो छरिएको थियो । जुन आन्दोलनको नयाँ दृष्यले बेसीशहरबासी सबै उत्साहका साथ हेर्न सडकमा निस्किएका थिए । सेराबाट निस्केको सव जुलुस बजारको विभिन्न भाग परिक्रमा गरि नारायणस्थान चोकमा पुगेर सव दहन गर्नुका साथै सभामा गरिणत भएको थियो । उक्त सभालाई सभासद बुद्धिराम तमुले सम्बोधन गर्नुभएको थियो । जनओन्दोलन संयोजन समिति लमजुङको अध्यक्ष समेत रहनुभएका तमुले हाम्रो सडक आन्दोलनको यो झड्काबाटै वर्तमान नालायक सरकार ढल्ने मात्र होइन इतिहासको कुनामा थन्कने चेतावनी दिनु भयो । सभामा जिल्ला सेक्रेटरी मोहनहरि पौडेलले पनि सम्बोधन गर्नु भएको थियो । साथै कवि गजलकार र गायकहरुले साँगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
आज लमजुङमा विगतका आन्दोलनका तुलनामा पृथक आन्दोलन भएको छ । विहानै वाइसियलको आयोजनामा दौड जुलुस पं्रदर्शन गरेको छ । उक्त दौड जुलुसले बेसीशहरका विभिन्न भाग परिक्रमा गरेको थियो ।
No comments:
Post a Comment