Sunday, May 23, 2010

रुख ढलेर च्याप्दा महिलाको मृत्यु

९ जेठ २०६७
हावाहुरीसंगै रुख ढलेर च्याप्दा तनहुँको थप्रेक गाविस वडा नं ५ लाकुरीबोटमा एक महिलाको ज्यान गएकॊ छ । घाँस बोकेर घरतर्फ फर्कदै गरेकी ५५ वर्षकी केशमाया सुनारको रुखले च्यापेर ज्यान गएकॊ हो । घाइते सुनारको पोखरास्थित पश्चिमााचल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच मकवानपुरको काकडा १ सिलिङ्गेमा आज दिउसो रुख बाट लडेर ४ जना बिद्यार्थी घाईते भएका छन् । सिलिङ्गे माबिमा अध्यनरत उनीहरु असार फल खान गएको बेलामा रुखबाट खसेका थिए । रुखबाट लडेर रामबहादुर घलान असोक स्याङ्ताङ् युबराज घलान र दामन घलान घाईते भएका हुन् । घाईते मध्ये रामबहादुर र असोकको अबस्था गंभिर रहेको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

No comments: