१८ बैशाख २०६७
विस्फोटक पदार्थ सहित हिजो अुबुखैरेनीमा पक्राउ पर्नेहरु माओवादी कार्यकर्ता नभएको एकिकृत माओवादीले आज स्पष्ट पारेको छ । माओवादीले आज तनहुँ सदरमुकाम दमौलीमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरु माओवादी कार्यकर्ता नभएको स्पष्ट गरेको हो । पत्रकार सम्मेलनमा माओवादीका जिल्ला इन्चार्ज हरिबहादुर चुमानले मनाङको तालमा बाटो खन्ने रामेछाप र संखुवासभाका सामान्य र सिधासाधा मजदुरलाई विष्फोटक पदार्थ सहित पक्राउ गरेर माओवादी भएको आरोप लगाइएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा माओवादी जिल्ला सेक्रेटरी जगन्नाथ खनालले सरकारले आफु मातहतका निकायलाई भ्रम र षडयन्त्रको खेती गर्न उक्साईरहेको आरोप लगाउनुभयो । लमजुङवाट काठमाण्डौं जाँदै गरेको बा १ ज ९७३५ नम्वरको माईक्रोबस जाँच गर्ने क्रममा तनहु प्रहरीले शुक्रबार बिष्फोटक पदार्थ सहित रामेछापका धनबहादुर तमाङ सोनाम घोताङ िसंहबहादुर तमाङ मानबहादुर तमाङ दमै घिसिङ र संखुवासभाका कबिन जिमीलाई पक्रेका थिए । पक्राउ परेकाहरुबाट प्रहरीले ५ केजी जिलेटिन ७२ थान केप र ३ सय मिटर लामो बिजुलीको तार बरामद गरेको थियो ।
निर्माणधिन बेसीशहर-सडकमा कार्यरत मजदुर बिष्फोटक पदार्थ सहित पक्राउ परेकोमा सडक निर्माण गरिरहेको नेपाली सेनाले छानविन शुरु गरेको छ । बेसीशहर-चामे सडक निर्माण कार्यगणका प्रमुख विनोदजंग राणाले उनीहरु सडकमा कार्यरत मजुदर भए नभएको यकीन गर्न र विष्फोटक पदार्थ बाहिरिएको बिषयमा छानविन भइरहेको बताउनुभयो । लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङको चामे जोडने सडकको नेपाली सेनाको बेसीशहर-चामे सडक निर्माण कार्यगणले निर्माण गर्दे आएको छ ।
No comments:
Post a Comment