१८ बैशाख २०६७
आज मे १ अर्थात एकसय २१औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरिका श्रमिकहरुले श्रमिक दिवस मनाउँदैछन् । विभिन्न राजनीतिक दल आवद्ध ट्रेड युनियनहरुले आज बिभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । ुआठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोराजनु लगायतका हक-अधिकारको स्मरण गराउने दिनको रुपमा आज विश्वभरका श्रमिकहरुले यो दिवस मनाउँदैछन् ।
एकसय २० वर्ष अघि अर्थात सन् १८८६ मे १ का दिन ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोराजनको माग राखेर अमेरिकाको सिकागो शहरको हे मार्केटमा श्रमिकहरुले पहिलोपटक प्रदर्शन गरेका थिए । त्यही दिनको स्मरणमा प्रत्येक वर्ष श्रमिकहरुले अन्तर्राष्ट्रिय दिवसकै रुपमा श्रमिक दिवस मनाईने गरिएको छ । नेपालको सन्दर्भमा भने वि।सं। २००३ सालमा विराटनगरबाट नेपाली श्रमिकहरुले आन्दोलन गरेको पाइन्छ ।
मजदुर दिवशकै अवसरमा नेपाल कारखाना श्रमिक संघ र नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन गोरखकाली रवर उद्योग इकाइले आज गोरखाको मुझुवा देउरालीमा एक कार्यक्रम गरेका छन् । उद्योगका दुई मजदुर युनियनले संयुक्त रुपमा मजदुर दिवश मनाएका कारखाना श्रमिक संघका अध्यक्ष तथा नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका अध्यक्ष इश्वर परियारले जानकारी दिनुभएको छ ।
संघका अध्यक्ष परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल केमिकल तथा आइरन मजदुर युनियनका अध्यक्ष लैनसिह लिम्बु र धनपति न्यौपाने नेपाल ट्रेड युनियन महासंघ जिफण्टका संयोजक धु्रुवकुमार वराइली लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैविच मे १ अर्थात १ सय २१ औ अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा एकिकृत माओवादी गोरखाले सदरमुकाममा जनप्रदर्शन र सभा गरेको छ । माओवादीले सदरमुकामको हरमटारीदेखि बसपार्क ठुलोआँगन पाटेचौर अस्पतालमार्ग हुदै हरमटारीसम्म र् याली निकालेको छ । र् यालीपछि लोकतान्त्रिक चोकमा गरेको कोणसभामा तमुवान राज्य समिति सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण धिताल विजयले सरकार नढलेसम्म सडकमा आन्दोलन चर्कीरहने बताउनुभयो ।
आफ्नो पाटिले १० महिनासम्म शान्तिपुर्ण ढंगले आन्दोलन जारी राखेपनि सरकारले वेवास्ता गरेकोले अब आन्दोलन नरोक्ने बताउनुभएको हो । संविधान सभामा आफुहरु मजदुर र पीडितको पक्षमा संविधान लेख्न लागेको र अन्य दलहरु पूजीपति र मालिकहरुको पक्षमा संविधान लेख्न लागेकाले संविधान नबन्ने अवस्था आएको उहाँले बताउनुभयो ।
तमुवान राज्य समिति सदस्य रामबहादुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद् तथा एकिकृत माओवादी तमुवान राज्य समिति सदस्य अमर तमु जिल्ला सदस्य शान्ति लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment