१९ बैशाख २०६७
गोरखाको लाप्राक गाविसको मणिकामदेवी माविकी शिक्षिका विष्णु ढकालको रहस्यमय मृत्यु भएको छ । गएको आइतवार आफ्नो घर पन्दु्रङबाट लाप्राक तर्फ जानुभएका ढकालको हिजो लाप्राक गाविसकै गोप्सीडाडाँ भन्ने ठाउँमा शब फेला परेको हो । स्थानीय गोठालाहरुले ढुङ्गाले चेपेर छाडेको अवस्थामा शब देखेपछि हिजो प्रहरीलाई खबर गरेका थिए ।
अपाङ्ग कोटामा २ वर्षदेखि सो विद्यालयको प्राथमिक तहमा पढाउदै आउनुभएकी शिक्षिका नयाँ शैक्षिक सत्रको पढाइ सुचारु गराउन विद्यालय तर्फ जानुभएको थियो । आइतवार घरबाट आफ्नी आमासंगै चनौटेसम्म पुग्नुभएकी शिक्षिका ढकाल एक्कासी मृत अवस्थामा फेला पारेपछि उहाँको मृत्यु रहस्यमय भएको सहकर्मी शिक्षक कृष्ण न्यौपानेले बताउनुभयो ।
हत्या कहिले र कसरी भयो भन्ने कुरा थाहा भइनसकेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ । घटनास्थल पुगेको वारपाक प्रहरी चौकीको टोली सम्पर्कमा नआइसकेकोले घटनावारे यथार्थ विवरण आउन नसकेको उहाँले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धानका लागि केही इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ऋषिकेश पाण्डे सहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।
No comments:
Post a Comment