Tuesday, May 4, 2010

आन्दोलन शान्तिपुर्ण बनाउन गोरखाका मानव अधिकारवादीहरुको आग्रह

२१ बैशाख २०६७
एकिकृत माओवादीको आमहड्तालको संयुक्त अनुगमन गरिराखेका गोरखाका मानव अधिकारवादीहरुको टोलीले आज जिल्ला इन्चार्ज कृष्ण धिताललाई आन्दोलन शान्तिपुर्ण बनाउन आग्रह गरेका छन् । अधिकारप्राप्तीका लागि थालिएको आन्दोलनले अरुको अधिकारको हनन नगर्न माओवादीलाई आग्रह गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र र मानव अधिकार संगठनका प्रतिनिधिहरुले आज दिउँसो जिल्ला इन्चार्जलाई भेटी सो आग्रह गरेका हुन् ।
सो अवसरमा जिल्ला इन्चार्ज धितालले मानव अधिकारको संरक्षण गर्दै आन्दोलन शान्तिपुर्ण बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले आफुहरुको आन्दोलन शान्तिपुर्ण ढंगले अघि बढिरहेको दावी गर्दै आगामी दिनमा पनि शान्तिपुर्ण बनाउने प्रतिवद्धता जनाउनुभएको इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठले बताउनुभयो ।

No comments: