Tuesday, May 4, 2010

गोरखा सदरमुकाममा प्रदर्शन

२१ बैशाख २०६७
शान्ति संविधान र राष्ट्रिय सहमतिको सरकारको माग गर्दै एकिकृत नेकपा माओवादीले आयोजना गरेको अनिश्चितकालिन आम हड्तालको तेश्रो दिन आज पनि माओवादी कार्यकर्ताले गोरखा सदरमुकाममा प्रदर्शन जारी राखेका छन् । गाउँगाउँबाट आएका कार्यकर्ताले सदरमुकामको हरमटारी वसपार्क नयाँबजार रोहटेपानी धारापानी क्षेत्रमा प्रदर्शन गरेको हो ।
विहानदेखि लोकतान्त्रिक चोक हरमटारीमा जम्मा भएका माओवादी कार्यकर्ता वाजागाजा र नाचगान गर्दै वसका थिए । माओवादीले आन्दोलनमा हिजोदेखि वाजा समावेश गरेको हो । वाजागाजा र नाचगानपछि दिउँसो साँढे दुइवजे सुरु भएको जुलुस नयाँबजार रोहटेपानी धारापानी हुदै वसपार्कमा आइ कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई संबोधन गर्दै तमुवान राज्य समिति सचिवालय सदस्य तथा सभासद् अमर तमुले सरकारले आफुहरुको मागलाई वेवास्ता गरेर आन्दोलनकारीलाई गिज्याएको आरोप लगाउनुभयो । शान्तिपुर्ण आन्दोलनबाट राखेको मागलाई सरकारले वेवास्ता गरेर आन्दोलनकारीको अपमान गरेको उहाँले दावी गर्नुभयो । उहाँले पाँचौ दिनसम्म पनि सरकारले आफुहरुको मागलाई वेवास्ता गरेमा आफुहरुको शक्ति देखाइदिने चेतावनी दिनुभएको छ । उहाँले कस्तो चेतावनी भन्नेवारे नखुलाएपनि शान्तिपुर्ण आन्दोलनमा देखाएको धैर्यताको बाँध टुट्न लागेको बताउनुभयो ।
उहुले सरकारले घुसपेठ गरी ठाउँठाउँमा पसल र कार्यालय खुलाएर आन्दोलनकारीलाई उत्तेजित पार्न खोजेको आरोप लगाउनुभयो । सो कोणसभालाई वाइसीएलकी केन्द्रिय सदस्य शान्ति पनेरुले पनि संबोधन गर्नुभएको थियो ।

No comments: