Tuesday, May 4, 2010

गोरखामा दुइ कार्यालय तोडफोड लमजुङमा सरकारी कार्यालयहरु नखोल्न चेतावनी

२१ बैशाख २०६७
आमहड्तालको तेश्रो दिन एकिकृत माओवादी कार्यकर्ताहरुले गोरखामा दुइ कार्यालय तोडफोड गरेका छन् । बजार बन्द गराउदै हिडेका माओवादी कार्यकर्ताहरुले बन्द अवस्थामा रहेको हरमटारी कालिमाटीस्थित क्लिन इनर्जी बैङ्कको शाखा कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट बैङ्कमा ठुलो क्षति नभएपनि दुइवटा वत्ति र साइनबोर्डमा क्षति पुगेको बैङ्कले जनाएको छ ।
आन्दोलनकारीले जिल्ला हुलाक कार्यालयको सामान तौल गर्ने मेशिन लेखा शाखा र काउन्टरको सिसा तोडफोड गरेका छन् । बन्दको समयमा कार्यालय खुला राखेको र कामकाज साचालन गरेको भन्दै एक्कासी तोडफोड गरेका हुलाक कार्यालयले जनाएको छ ।
उता जिल्ला इन्चार्ज कृष्ण धितालले भने आफुहरु बन्द गर्न आह्वान गर्दै मात्र हिडेको बताउनुभयो । तोडफोड गर्ने आफ्नो पाटिको नीति नभएको भन्दै आफुहरुले तोडफोडमा संलग्नको छानवीन भइरहेको बताउनुभयो ।
उता
आन्दोलनरत एकीकृत नेकपा माओवादीले लमजुङमा सरकारी कार्यालयहरु नखोल्न चेतावनी दिएको छ । कार्यलय समयमा पुगेर ब्यक्तिग एवं सामुहिक र फोन गरेर सवै कार्यालय बन्द गर्न माओवादीले चेतावनी दिएको हो ।
माओवादीको चेतावनीका कारण प्रशासन र सुरक्षा निकायका बाहेक अधिकांश कार्यालय बन्द छन् । नेपाल टेलिकम कृषि विकास बैंक राष्ट्रिय बाणिज्य बैंक लगायतका अधिकांश सरकारी कार्यालयहरु बन्द छन् । प्राईवेट बैंकहरु पनि खुलेका छैनन् । अन्य सरकारी कार्यालयहरु खुलेपनि कामकाज भने ठप्प छ । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले भने कुनैपनि सरकारी कार्यालयलाई बन्द नगर्न निर्देशन दिएको वताउनुभयो ।

No comments: