Thursday, May 27, 2010

२५५४ औं वुद्धजयन्ती गोरखामा

१३ जेठ २०६७
आज २५५४ औं वुद्धजयन्ती गोरखामा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । गोरखा बौद्ध समूहलॆ शान्ति र् याली प्रवचन वुद्ध भजन र शान्तिको कामना सहित दिप प्रज्वलन गरी वुद्धजयन्ती मनाएको छ । समाजले आज वौद्ध गुम्बा निर्माण स्थल सतीपिपलमा कार्यक्रम गरी त्रिशरण सहित पाचशील ग्रहण गरेको छ । अध्यक्ष मोहनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जगनिसं तमु नानुमाया थापा शेरबहादुर राना लगायतले मन्तब्य राख्नुभएको थियो ।
समारोहमा वुद्धको पुजाअर्चना प्रसाद ग्रहण गर्ने र शान्तिको कामना गरी वुद्ध भजन गाइएको सचिव विष्णु रानामगरले जानकारी गराउनुभयो । गोरखा बौद्ध समूहले आज अिहंसाका प्रर्वतक गौतम वुद्धको जन्मदीन भएकाले काटमार नगर्न सबैलाई आग्रह गरेको छ ।
त्यसैगरी नेपाल तामाङ महिला घेदुङले नगर समितिले एक कार्यक्रम गरी २५५४ औ वौद्ध जयन्ती मनाएको छ । अध्यक्ष गौरी तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष सुकदेव तामाङ सचिव श्याम तामाङ पाकुली तामाङ र ममता तामाङले मन्तब्य राख्नुभएको थियो । उता २५५४ औं वुद्धजयन्तीकै अवसरमा तनहुँको आँबुखैरनीस्थित बौद्ध गुम्बामा पनि विशेष कार्यक्रम भएको छ । नगरक्षेत्रमा शान्तिपदयात्रा पछि गुम्बा परिसरमा पुजापाठ गरिएको आयोजकले जनाएका छन् ।

No comments: