१३ जेठ २०६७
गोरखाको छोप्राक गाविस वडा नंबर ८ आरुवोटेका वासिन्दाले पैसा उठाएर गाउँमा सडक पुर् याएका छन् । स्थानीय वासिन्दाले ५ लाख २५ हजार रुपियाँ उठाएर खोप्लाङ्ग ४ सिाचाङ देखि ५ किलोमिटर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ । सडक निर्माणगर्न स्थानीय १०० घरधुरीले १० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म खर्च गरेका छन् ।
सडक निर्माण पुरा भएपछि आज आरुवोटे गाउँमा पहिलोपटक मोटर पुगेको छ । पहिलोपटक मोटर पुगेको अवसरमा आज स्थानीयले सवारी चालक रेशम रेउले र सहचालकलाई फुलमालाले स्वागत गरेका छन् । गाउँमाकृषि सडक पुगेपछि गाउँमा उत्पादित फलफुल र तरकारी बजारमा पुर् याउन र गाउँसम्म सामान ढुवानी गर्न सजिलो भएको उपभोक्ता समिति सचिव पोखरेलले बताउनुभयो ।
No comments:
Post a Comment