१३ जेठ २०६७
अति सीमान्तकृत वराम समुदायको सबैभन्दा ठुलो चाड बैशाख पुर्णिमा अर्थात चण्डी पुर्णिमा आज गोरखाका बराम समुदायले भब्यताका साथ मनाएका छन् । आज बरामहरुले घाटु पाउदुरे लगायतका लोपोन्मुख नाच देखाएर रमाइलो गर्ने चलन छ । बराम समुदायले आज कुखुराको वली दिएर चण्डी पुजा पनि गर्ने बराम विद्यार्थी संघका अध्यक्ष किरण बरामले जानकारी दिनुभएको छ ।
चण्डी पुर्णिमाको अवसरमा काठमाडौ ललितपुर नुवाकोट धादिङ गोरखा लगायतका बराम समुदायले काठमाडौको २२ धारामा चण्डी पुजा गरी पर्व मनाएका छन् ।
No comments:
Post a Comment