२१ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा फेला परेको युवतीको शवको सनाखत भएको छ । सो शव काठमाडौ महानगरपालीका वडा नम्बर ३ घर भएकी १८ वर्षीय रुपा आलेको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी बुधबार पोखरा जान भनि घरबाट निस्कीएको उनको पारीवारीक स्रोतले बताएको छ ।
यस्तै नवलपरासीको भारतीय गण्डक नहरमा डुवेर आज मध्यान्ह आमाछोरी वेपत्ता भएका छन् । जिल्लाको कुडिया ६ बुधरियामा नुहाउने क्रममा सोही ठाउका आमाछोरी वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा स्थानिय ५० वर्षिया धर्मीदेवि महतो र उनकी छोरी डम्वर कुमारी महतो रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment