५ असार २०६७
गोरखाको पालुङटार गाविस ९ हवाइग्राउण्ड क्षेत्रका महिलाहरु गाउँमा सामुदायिक भवन बनाउने तयारीमा लागेका छन् । उनीहरुले देउसी भैलो चन्दा संकलन मासिक बचत तथा बिभिन्न निकायको सहयोगमा जम्मा पारेको रकमबाट भवन बनाउन लागेको मिलीजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठले बताउनुभयो । सो समूहको आज आयोजित साधारण सभामा भवन निर्माणको विषयमा छलफल समेत गरेका छन् ।
कार्यक्रममा सचिव शशीकला श्रेष्ठले समूहको आयब्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने सहसचिव सुमित्रा श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजकुमार श्रेष्ठ बजार तथा टोलसुधार समितिका अध्यक्ष कर्मासिङ तामाङ गुम्बा समितिका मानबहादुर तामाङ गोरखकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज देवकोटा चित्रबहादुर श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा गत वर्ष प्रौढ कक्षा पढेका कामना पन्थी नसिमन मियाँ सोममाया तामाङ रत्नकुमारी भण्डारी माजु मियुल लगायतले गीत र कविता प्रस्तुत गर्नुभएको थियो ।
No comments:
Post a Comment