Monday, June 14, 2010

महिलाहरु ऐन कानुनबारे कम जानकारी घरेलु िहंसाबाट पीडित

३० जेठ २०६७
गोरखाका महिलाहरुले ऐन कानुनबारे कम जानकारी र सरकारी निकायसम्म पहुँच नहँुदा घरेलु िहंसाबाट पीडित हुनुपरेको बताएका छन् । महिलाका पक्षमा बनेका ऐन कानुनहरुबारे ज्ञान नहुदा कतिपय समस्यामा पनि उजुरी गर्ने र न्याय खोज्न जान नसकेको उनीहरुले बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजनामा गोरखा सदरमुकाममा सम्पन्न सार्वजानिक सुनुवाइ कार्यक्रममा सहभागी महिलाहरुले कतिपय अवस्थामा सरकारी निकायसम्म पुग्न नसक्दा अन्यायमा पर्दा पनि न्याय पाउन नसकेको बताएका थिए । उनीहरुले आज प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ प्रहरी नायब उपरीक्षक विष्णु केसीलाई आफुहरुमाथि परेको समस्या र कानुनी प्रावधानबारे सोधपुछ गरेका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काफ्लेले महिलाहरुको पक्षमा निकै राम्रा कानुनहरु बनेपनि महिलाहरुले त्यस विषयमा खोजी गर्दै नआएको र प्रशासनले खोजी गर्दै जानसक्ने अवस्था नभएको बताउनुभयो । स्थानीय विकास अधिकारी श्रेष्ठले केही वर्षदेखि जिल्ला विकास समितिमा महिलाहरुका लागि तोकिएरै वजेट आउन थालेको र लक्षित वर्गले नै त्यस्तो वजेट उपभोग गर्न पाएको बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक केसीले घरेलु िहंसामा परेका महिलाहरुलाई न्याय दिने अदालत भएकाले न्यायालयबाटै लिनुपर्ने बताउनुभयो । यदि घरेलु िहंसा शान्ति सुरक्षासंग जोडिएको सन्दर्भमा मात्र प्रहरी सामेल हुने बताउनुभयो । कार्यक्रममा गोरखा सदरमुकाम र आसपासका महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष नयनकला थापाले सार्वजानिक सुनुवाइ कार्यक्रम साचालनको उद्देश्य र महिलाहरुको पक्षमा बनेका ऐन कानुनबारे जानकारी गराउनुभएको थियो ।

No comments: