२२ जेठ २०६७
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठ आज बिहान अपहरण मुक्त हुनुभएको छ । डा श्रेष्ठलाई धािद¨को जोगीमारा गाविसको एक सहकारी भवन नजिक ल्याएर आज बिहान २ बजे अपह्रणकारीले मुक्त गराएका हुन । अपहरणबाट मुक्त भए लगत्तै डाक्टर श्रेष्ठ धािद¨ काठमाण्डौ सडक खण्ड स्थित नेपाल सडकबोर्डको ढाट कार्यालयमा पुग्नु भएको थियो । उहा अपहरण मुक्त भएको खबर थाहापाए पछि बिहान ४ बजे डा श्रेष्ठको पत्नि शिलु भाई जगतमानका साथै प्रहरीको टोली श्रेष्ठलाई लिन धािद¨ जानुभएको थियो । उहा बिहान सातबजे चितवन आइसकेपछि प्रहरी सुरक्षाको घेरामा क्यान्सर अस्पतालमा छिर्नुभएको थियो । डा श्रेष्ठको हातमा केहीले बाधेकेा जस्तो डोब रहेकेा छ । डाक्टर श्रेष्ठले पत्रकार सम्मेलनमा आफ्नो अपहरण नेपाल जनता हिन्दु पार्टीले गरेको बताउनु भयो ।
आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले आफूलाई किन अपरण गरियो र कहु राखिएको भन्ने बारेमा जानकारी नदीएपनि उनीहरुले आफूलाई कुनै दुब्र्यबहार नगरेको बताउनुभयो । घरको भूइमा पत्रकार सम्मेलन गर्ने ठाउ छुट्याइएपनि श्रेष्ठ छतमा गएर माथिबाटै पत्रकारलाई सम्वोधन गर्नु भएको थियो । पछि पत्रकारहरु बिच आएर उहाले आफु अपहरणमा पर्दा चासो र चिन्ता ब्यक्त गर्दै खोजिका लागि पहल गर्ने सबै सहकर्मिपत्रकार सुरक्षा कर्मि र आफुलाई अपहरण गरेपनि सकुशल मुक्त गर्ने नेपाल जनता हिन्दु पार्टीलाई पनि धन्यबाद दिनु भएको थियो ।
डा श्रेष्ठको प्रारम्भिक स्बास्थ्य परीक्षण गर्दा समान्य पाइएको भएपनि केही समय उहांलाई आरामको आबश्यकता रहेको डा जया श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मध्यमान्चल प्रहरी प्रमुख नबराज ढकालले घटनाका बारेमा अनुसन्धान भैरहेको र सहि समय आएपछी मात्र त्यस बारे थप जानकारी दिने बताउनु भयो । भरतपुर स्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको गत जेष्ठ ४ गते बिरामीको अपरेशन गरॆर घर फर्किने क्रममा अपहरण भएको थियो । अपहरण पछि उहाको गाडी पोखराको कुडहरमा र बि्रफकेश अपहरणको ५ दिनपछि चितवनको घोप्टे भिरमा फेला परेकेा थियो ।
No comments:
Post a Comment