२२ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा हिजो मृत भेटीएकी रुपा रानाको परीवार गोरखा आइपुगेको छ । घटनाको जानकारी पाएपछी गोरखा सदरमुकाम आएका रुपाका बुवा रामबहादुर रानाले शबको सनाखत गरेका छन् । उदयपुर डुम्रे गाविस १ घर भएकी रुपा काठमाण्डौबाट गत १९ गते हिडेको बुवा रानालाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग राख्दै मृतकका बुवाले जिल्ला प्रहरी कार्यालयमा आजै उजुरी दर्ता गराउनुभएको छ । यसैबिच अनुसन्धानको क्रममा प्रहरीले काठमाण्डौमा एक महिलालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको र आजै शबको पोष्टमार्टम गरीने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment