२२ जेठ २०६७
यस वर्षको अन्तराष्ट्रिय वाताबरण दिवसको अवसरमा भुसंरक्षण कार्यालय गोरखाको आयोजनामा गोरखाको ताङलिचोक माविमा आज वृक्षारोपण गरिएको छ । विद्यालय क्षेत्रभित्र लिच्ची बकाइनो लगायतका पाँच सय विरुवा रोपीएको स्थानीय श्याम प्रसाद लामीछानेले जानकारी दिनु भएको छ । स्थानिय वयोवृद्ध पटक बहादुर गुरुङले उद्घाटन गर्नु भएको वृक्षारेापण कार्यक्रममा जिल्ला भुसंरक्षण कार्यालय गोरखाका प्रमुख टंक नारायण श्रेष्ठ बाल विकास गोरखाका अधिकृत कृष्ण प्रसाद देवकोटा राजनीतिक दलका प्रतिनीधिहरु घैरुङ स्रोत केन्द्रका स्रोत व्यक्ति श्याम प्रसाद लामिछाने विद्यालयका प्रधानाध्यापक राम प्रसाद पन्त महादेव प्राविका प्रधानाध्यापक देउ बहादुर गुरुङ र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबिच अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमै गोरखाको सौरपानी वडा नम्बर ३ का स्थानीय बासिन्दाले गाँउको खानेपानीको मुहान बाटो र घरआँगनको सरसफाई गरेका छन् । स्वास्थ्यको लागि पानी र पद्धती विकास केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गाँउको आमा समुह बाल क्लब शिक्षक शिक्षिका र सर्वसाधारणको सहभागिता रहेको भुवाने भन्चोकटार खानेपानी आयोजनाका अध्यक्ष जगदिश पनेरुले बताउनु भएको छ । ।सरसफाइ पछि जलामुखी प्राविमा भएको कार्यक्रममा भुबाने भुन्चोकटार खानेपानी िसंचाइ आयोजनाका उपाध्यक्ष कमल पनेरु शिक्षक लोक बहादुर ढकाल शान्ति न्यौपानेउमाकान्त न्यौपाने लगायतले मन्क्तव्य राख्नु भएको थियो ।
No comments:
Post a Comment