२२ जेठ २०६७
गोरखाको गोरखनाथ मन्दिरमा भैरहेको रोट महोत्सवको आज दशौ दिनसम्म लक्ष्य अनुरुप सवालाख रोट चढाइएको छ । गोरखनाथ प्रकट दिवशको अवसर पारेर बैशाख पुर्णिमा देखिसुरु भएको महोत्सवको २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गुरु गोरखनाथलाई खुशी बनाए सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वासमा देशका बिभिन्न जिल्लाबाट भक्तजनहरु रोट चढाउन आएका केन्द्रले जनाएको छ ।
चामलको पिठोमा चिनी नरिवल दालचिनी ल्वाङ सुकुमेल लगायतका ५२ थरी मसलाहरु मिलाएर बनाइने परिकारलाई रोट भनिन्छ । रोट गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार भएकाले उहाँलाई खुशी पार्न र देशमा आध्यात्मिक जागरण ल्याउन महोत्सव गरिएको शक्ति केन्द्रका साधक रामजी अर्यालले जानकारी दिनुभएको छ । महोत्सवमा रोट चढाउनुका साथै दैनिक भजन किर्तन र गुरु पुजन लगायतका कामहरु साचालन भइरहेका छन् । महोत्सवमा आउने भक्तजनको लागि आयोजकले खाने वस्ने ब्यवस्था मिलाएको छ भने स्वास्थ्य शिविर पनि साचालन गरेको छ । महोत्सवको अन्तिम दिन भोली विशेष हवन र पुजाआजा हुनेछ ।
No comments:
Post a Comment