Sunday, June 6, 2010

आजदेखि सरसफाइ सप्ताह शुरु

२२ जेठ २०६७
आजदेखि ११ औं सरसफाइ सप्ताह शुरु भएको छ । आजदेखि देशभर चर्पी प्रयोग साबुनपानीले हात धुने लगायतका सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदैछ । सन् २००० देखि मनाउन थालिएको यो अभियानमा खानेपानी तथा ढलनिकास विभागको नेतृत्वमा वाटर एड लगायतका पानी र सरसफाइसम्बन्धी कार्यक्रमका संघसँस्थाहरुले सामुहिक रुपमा कार्यक्रम गर्दैछन् ।
११ औं सरसफाई सप्ताहका अवसरमा गोरखामा झाडु र् याली निकालिएको छ । गैर सरकारी संस्था महासंघ गोरखाको आयोजना एवम् उद्योग वाणिज्य संघ गोरखा र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको सहयोगमा निकालिएको र् यालीका क्रममा गोरखा नगरपालिकाका विभिन्न क्षेत्रको सरसफाई पनि गरिएको थियो । सदरमुकामको ठूलो आँगनबाट शुरु भएको र् याली वसपार्कशक्तिचोक हुँदै हरमटारीमा पुगेर सकिएको थियो । नगरवासीमा सरसफाई सम्बन्धी चेतना जगाउने उदेश्यले यस्तो कार्यक्रम गरिएको आयोजक गैर सरकारी संस्था महासंघका अध्यक्ष काजिराम रोकाले जानकारी दिनुभएको छ ।

No comments: