२५ जेठ २०६७
लमजुङको वाहुनडाडा र भुलभुले गाउँ विकास समिति स्थित निमार्णधिन २६ मेगावट क्षमताको ङादी जलविद्युत आयोजनाकॊ निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ । आयोजनाको सुरुङ खन्ने काम आगामी माघ महिनामा सुरु गर्ने तयारी आयोजनाले थालेको छ । ४ किलोमिटर लामो सुरुङ रहने आयोजनाले जानकारी गराएको छ । आयोजनाको ११ किलो मिटर बाटो निमार्ण गर्नुपर्नेमा हालसम्ममा ६ किलो मिटर मोटर बाटो निमार्ण भइसकेको छ ।
करिव साँढे ३ अर्व रुपैयाको लागतमा निमार्णधिन अवस्थामा रहेको विद्युत आयोजनाको वाँध स्थल वाहुनडाडा नाइचे नजिक रहने र आयोजनाको पावर हाउस वाहुनडाडा ठूलोवेसीमा रहनेछ । वुटवल पावर कम्पनी लिमिटेड क्यानेडियन एभरेष्ट पावर आइ एन सि को प्रमुख लगानी र लमजुङ विद्युत उपभोक्ता कम्पनी लिमिटेडको साझेदारीमा निर्माण सुरु भएको आयोजनामा वाहुनडाडा र भुलभुले गाविसका वासिन्दालाई समेत सेयर सुरक्षित गरिएको छ ।
No comments:
Post a Comment