२५ जेठ २०६७
गोरखाको लापु गाविमा लुटपाटको प्रयास गरी स्थानीयलाई आतंकित पार्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । लापु गाविस १ लिदिङमा स्थानीयसंग कानमा लगाउने रिङ बेरुवा औठी लगायत मोटो रकम लुटपाटको प्रयास गर्नेहरुलाई आर्खेत र मान्व प्रहरी चौकीले थुमीको स्यामराङ र मान्वुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरीले काठमाडौ गोलढुङ्गा २ का प्रवेश महर्जन र चन्द्रंबहादुर श्रेष्ठ झापा दमक नगरपालिका ११ का आकाश राई र राजु लामिछाने सिन्धुली नगरपालिका ५ का गोविन्द खत्री सिन्धुपाल्चोक २ फटकसिला २ का कुन्तेबहादुर तामाङ र उदयपुर गाइघाटका उमेश परियारलाई पक्राउ गरेको हो । उनीहरुलाई डाका चोरी अभियोगमा प्रहरीले कारबाही अगाडी बढाएको छ ।
No comments:
Post a Comment