२५ जेठ २०६७
दलित शशक्तिकरण अभियान नेपाल गोरखाले जिल्लाको क्षेत्र नंबर २ को ६ गाविसमा दलित शशक्तिकरण कार्यक्रम साचालन गर्ने भएको छ । संस्थाले जिल्लाको आँपपीपल हर्मी खोप्लाङ्ग छोप्राक पालुङटार र गाइखुर गाविसमा लोकतान्त्रिक प्रकि्रयामा दलित शशक्तिकरण र सहभागीता विषयको कार्यक्रम साचालनको तयारी भएको जिल्ला अध्यक्ष बालकृष्ण अच्छामीले जानकारी दिनुभएको छ ।
संस्थ्ााले आज गोरखा सदरमुकामम आयोजना गरेको कार्यक्रममा अध्यक्ष अच्छामीले गाउँका बिभिन्न समितिहरु राजनीतिक दल लगायतका संघ संगठनमा दलितहरुको सहभागीता वृद्धिका लागि कार्यक्रम साचालन गर्न लागेको बताउनुभयो ।
स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटा गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी आँपपीपल गाविसका सचिव रामचन्द्र मरहट्टा लगायतले मन्तब्य राख्नुभएको थियो । सो संस्थ्ााले आर डी आइ एफ नामक संस्थाको सहयोगमा ६५ लाख बराबरको कार्यक्रम साचालनको तयारी गरेको हो ।
No comments:
Post a Comment