Saturday, June 19, 2010

कास्कीमा दुर्घटना १ को ज्यान गयो

५ असार २०६७
कास्कीको ढिकुरपोखरीमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट बाग्लुङ्गतर्फ जादै गरेकॊ ना ३ ख ७८१६ नम्बरको बस आज बिहान ३ बजे कास्कीको ढिकुरपोखरी ६ पाउदुर कोटमा दुर्घटना हँुदा अन्य १४ जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएका पर्बत मल्लादका सागर जी। सी। को पोखराको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिनुभयो । दुर्घटनामा घाईते १४ जना मध्ये ११ जनाको पश्चिमााचल क्षेत्रिय अस्पताल एक जनाको चरक र अर्का गम्भिर घाईते एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १२ फिट तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको कास्की प्रहरीले जनाएको छ । बसमा ४५ यात्रु सवार थिए ।

No comments: