Saturday, June 19, 2010

लमजुङका सबै गाविस सचिवलाई राजीनामा दिन चेतावनी

५ असार २०६७
लमजुङका सबै गाविस सचिवलाई संयुक्त जातीय मुक्ति मोर्चा नामक भूमिगत समुहले सामूहिक राजीनामा दिन चेतावनी दिएकेा छ । संगठनले गाविस सचिवहरुलाई राजीनामा नदिए ज्यान मार्ने धम्की समेत दिएको छ । सचिव हत्याको विरोधमा देशब्यापी आन्दोलन भईरहेको वेला यस्तो चेतावनी आएपछि गाविस सचिवहरु आन्दोलन छाडेर सदरमुकाम बाहिरिएका छन् भने केही सम्पर्कविहिन भएका पत्रकार आश गुरुङले जानकारी दिनुभएको छ । संगठनका महासचिव मुक्तिदाताले गाविस सचिव हकहित संरक्षण केन्द्र जिल्ला शाखा लमजुङलाई पत्र पठाएर आफ्नो ुजनसरकारु गठनको लागि बाटो खुल्ला गरिदिए सचिवहरुको हकहित हुने बताएका छन् ।
हुलाकबाट आएको पत्रमा प्रमुख राजनीतिक दलको षडयन्त्रका कारण जेठ १४ मा संविधान नबनेर २०४७ साल कै संविधान ब्युँताउने षड्यन्त्र भएकाले स्थानीय निकायमा आफ्नो ुजनसरकारु गठन गर्न लागिएको उल्लेख छ । यस्तो चेतावनीलाई गाविस सचिव हकहित संरक्षण केन्द्र लमजुङले दुर्भाग्यपूर्ण भन्दै सुरक्षाको लागि प्रशासनसंग माग गरेको छ । लमजुङका ६१ गाविसमा २७ जना मात्र गाविस सचिव रहेका छन ।

No comments: