२७ जेठ २०६७
गोरखाको क्षेत्र नंबर ३ बा विजयी सभासद् अमर तमुले जिल्लाको सुगम क्षेत्रमा जस्तै दुर्गममा पनि समान रुपले विकासका कामहरु अघि बढाउनुपर्ने बताउनुभएको छ । गोरखाको मान्वु गाविसका वासिन्दासंगको छलफलमा सभासद् तमुले उत्तरी गोरखाकेा विकासका लागि सडक विस्तारमा जोड दिनुपर्ने बताउनुभएको हो ।
उहाँले चीनको सिमानासम्म सडक विस्तार गर्न सकेमा जिल्लाको उत्तरी क्षेत्रमा पनि समान रुपमा विकास हुने धारणा राख्नुभयो । सो अवसरमा मान्वुका वासिन्दाले आफ्नो गाविसमा भएका समस्याबारे सभासद्लाई जानकारी गराएका थिए । सो अवसरमा एकीकृत माओवादीका गाविस सेक्रेटरी अमरिसं थापा भवानी उच्च माविका निमित्त प्रचार्य काजीराम कार्की विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुर्यबहादुर कार्की स्थानीय शिक्षक विजयराज घले स्थानीय युवा बाबुकाजी थापा दलित तथा उत्पीडित समाजका सन्तबहादुर विक सोमप्रसाद रिजाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment