Thursday, June 10, 2010

जिल्ला स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिता आयोजना

२७ जेठ २०६७
११ औं राष्ट्रिय सरसफाई सप्ताहका अवसर पारेर जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जिल्ला स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । जिल्ला शिक्षा कार्यालय गोरखाको संयोजकत्वमा भएको सरसफाई र हाम्रो स्वास्थ्य विषयक प्रतियोगितामा गोरखाका ६ वटा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा रामशाह मावि देउराली महेन्द्र उच्च मावि कुन्दुर महालक्ष्मी उच्च मावि लक्ष्मीवजार महेन्द्रज्योति उच्च मावि दरवारमार्ग रत्नराज्य मावि विरेाचोक र विजया भवानी उच्च मावि मकैिसंको सहभागिता रहेको शिक्षा कार्यालयले जनाएको छ । प्रतियोगिताको नतिजा भोली सार्वजनिक गरीने कार्यालयले जनाएको छ । प्रतियोगीतामा पहिलो हुनेले २ हजार दोस्रो हुनेले १ हजार ५ सय तेस्रोले हजार र चौथोले ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै जिल्ल्ाा शिक्षा अधीकारी योगराज भट्टराईले सामुदायीक सरसफाईमा विद्यार्थीहरुको भुमीका महत्बपुर्ण हुने बताउनुभयो ।
सरसफाई सप्ताहकै अबसरमा गोरखाको भुम्लीचोकको थुम्का प्राविको अगुवाईमा विद्यालयको सेवा क्षेत्रभित्र सरसफाई गरीएको छ । गाउँका आमा समुह युवा समुह विद्यार्थी र शिक्षकहरुले एक र् यालीका साथमा विद्यालय सेवा क्षेत्रभीत्र सरसफाई गरेका हुन् । र् यालीपछी आयोजीत कार्यक्रममा प्रधानाध्यापक कमल रेग्मी शिक्षक तेजप्रसाद भट्टराई दिलमाया चेपाङ लगायतले गाउँमा चर्पी बन्न बाकीँ घरमा पनि चाडै नै चर्पी बनाई गाउँलाई पुर्ण सरसफाई क्षेत्र बनाउने बताएका छन् । कार्यक्रम विद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष प्रेमबहादुर चेपाङको अध्यक्षतामा भएको हो ।

No comments: