२९ जेठ २०६७
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई आज अचानक गोरखा आउनुभएको छ । हिजो बिहान ११ बजे गोरखा सदरमुकाम आइपुग्नुभएका भट्टराई कार्यकर्तालाई प्रशिक्षण दिइ दिउँसो ३ वजे काठमाण्डौं फर्किनुभएको थियो । भट्टराई कार्यकर्ता प्रशिक्षण र बैठकमा करिब ४ घण्टा ब्यस्त हुनुभएको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो ।
हरेक महिना गोरखा आउने वाचा गर्नुभएका भट्टराई कुनै सार्वजनिक कार्यक्रम बिना नै गोरखा आउनुभएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आउनुभएको भट्टराईको ब्यस्तताका कारण औपचारिक कार्यक्रम भने गर्न नसकिएको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभएको छ ।
सदरमुकाममा जिल्ला तहका नेतृत्वतहको गोप्य बैठकपछि उपाध्यक्ष भट्टराईले लक्ष्मीवजार स्थित द्रब्यशाह क्याम्पसको सभाहलमा जिल्लाका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिका विषयमा केन्द्रित रहेको जिल्ला इन्चार्ज धितालले जानकारी दिनुभयो । माओवादी सरकारमा गए त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्ने पार्टी निर्णय प्रति असन्तुष्ट रहेका भनिएका भट्टराईले प्रशिक्षणका क्रममा त्यस्तो असन्तुष्टि नजनाउनुभएको जिल्ला इन्चार्ज विजयले बताउनुभयो ।
No comments:
Post a Comment