२९ जेठ २०६७
गोरखाको देउराली गाविस ३ गोप्लिङ गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीयले सूचना केन्द्र निर्माणको तयारी गरेका छन् । गाउँमा पर्यटकीय सूचना केन्द्र निर्माणको लागि अकलादेवी मन्दिर तथा मस्र्याङदी नदी वाँध पर्यटन क्षेत्र व्यवस्थापन समितिले ६० रोपनी क्षेत्रफलमा को पर्यटन सुचना केन्द्र बनाउन लागेको हो । सो सूचना केन्द्रको हिजो एक र्काक्रमका वीच शान्ति तथा पून निमार्ण मन्त्रालयका सचिव शित्तलबावु रेग्मीले शिलन्यास गर्नु भएको हो ।
गोप्लिङ गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न लागि सुचना केन्द्र निर्माण गर्ने र गाउँमा पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम साचालन गरिने अध्यक्ष विष्णु बुढाथोकीले बताउनुभयो । काठमाडौंबाट १ सय २५ पोखरादेखी ७५ किलोमिटरको दुरीमा रहेको सो गाउँको अकलादेवी मन्दिर र मस्र्याङदी बाधँको उपयोग गरी पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो । राजमार्गको छेउमा पर्ने गाउँलाई विश्राम स्थलको रुपमा विकास गर्ने र पिकनिक स्पटको रुपमा पनि प्रयोग गर्न सकिने पर्यटन समितिको भनाइ छ ।
भवन शिलान्यास कार्यक्रममा शान्ति तथा पुननिर्माण सचिव शित्तलबाबु रेग्मी नेपाली कांग्रेसका सचिव इश्वर पाण्डे नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेत प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेपाल पर्यटन बोर्डका पश्चिमााचल क्षेत्रीय निर्देशक गिरीधारी ढकाल जिल्ला वन अधिकृत कृष्ण प्रसाद वस्ती पर्यटनविद विनायक राणा नेपाल पत्रकार महासघंका गोरखाका कोषाध्यक्ष कैलाशवावु श्रेष्ठ गाविस सचिव छविलाल पनेरु कन्यादेवी महिला सहकारीका सचिव नारायणी पन्त समिति सदस्य जगत खड्का लगायतले गाउँको पर्यटन विकासका लागि स्थानीयनै सकि्रय हुनुपर्ने बताउनुभएको थियो । शिलन्यास कार्यक्रममा देउराली सलाङगिरीका वासिन्दाले पाउदुरे चुट्का र साँस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए ।
No comments:
Post a Comment