२९ जेठ २०६७
गोरखाको घ्याच्चोक गाविसको मिलिम सालघारी र कल्थुमबेशीमा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रले ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सहयोगमा खानेपानी आयोजनाको निर्माण भएको हो । कुल २० लाख ९० हजार ४६ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाको उद्घाटन कार्यक्रममा प्रावि स्तरिय हाजीरी जवाफ प्रतियोगिता र महिला समूह स्तरीय लोक गीत तथा नाच प्रतियोगितामा सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा धनशिरा मा।वि। घ्याच्चोक प्रथम कालिका प्रा।वि। सिम्जुङ्ग दोश्रो मिलिम प्रावि तेश्रो र अन्नपूर्ण प्रावि बाँझेले सान्त्वना स्थान प्राप्त गरेका छन् । त्यस्तै महिला समूह स्तरीय लोक गीत तथा नाच प्रतियोगितामा मिलिम आमा समूह प्रथम मिलिमबेशी महिला समूह दोश्रो र मिलिम महिला समूह तेश्रो भएका छन् । विजेतालाई मिलिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सनबहादुर गुरुङ्गले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा स्वाँरा सघन गाउँ विकास केन्द्रका टिम लिडर सिताराम श्रेष्ठ गाविस सचिव शेखरनाथ न्यौपाने सिताराम पुरुषोत्तम ढकाल नारायण श्रेष्ठ सन्त बहादुर गुरुङ्ग कुवेर गुरुङ्ग कृष्ण कुमारी गुरुङ्ग लगायतले मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष पदम बहादुर गुरुङ्गले आय व्यय विवरण पेश गर्नु भएको थियो । खानेपानीको उद्घाटन कार्यक्रममा पन्चेबाजा सहितको र् याली निकालिएको थियो ।
No comments:
Post a Comment