२९ जेठ २०६७
गोरखाको भुम्लीचोक उपस्वास्थ्य चौकीमा प्रसुति प्रजनन केन्द्र साचांलन भएको छ । गत जेठ १० गतेदेखी उपस्वास्थ्य चौकीले प्रसुति सेवा उपलब्ध गराएको अहेब बेली श्रेष्ठले जानकारी दिनुभएको छ । गाउँमै सुरक्षीत प्रसुति सेवा पाउने भएपछी भुम्लीचोकका महिलाहरु खुसी भएका छन् । अहेब श्रेष्ठका अनुसार सुत्केरी सेवा निशुल्क हुनेछ भने स्वास्थ्य चौकीम्ाा सुत्केरी हुनका लागी आएमा प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ उपलब्ध गराइनेछ । यसैबिच सामुदायीक सेवा प्रतिष्ठान नेपालले समता र पहुँच कार्यक्रम अन्तरगत भुम्लीचोक गाविसमा बनेका १५ समुहलाई आकस्मीक कोष परीचालनका लागी प्रतिसमुह १ हजार ५ सय रुपैयाँ दिएको छ ।
No comments:
Post a Comment