Friday, June 11, 2010

मान्वुबासी दुई सातादेखि अध्यारोमा बस्न बाध्य

२८ जेठ २०६७
गाउँको लघु जलविद्युत आयोजनामा खराबी आएपछि गोरखाको मान्वु गाविसका वासिन्दा दुइसातादेखि विद्युत सेवाबाट विाचत भएका छन् । मान्वु गाविसमा साचालित १०० किलोवाटको छोटेखोला लघु जलविद्युत आयोजनाको टर्वाइनको वेरिङमा खराबी भएपछि कटुन्जे माझगाउँ मान्वुवेशी स्याम्चेत धुन्चेत धोरत थलाचोक गाउँका ७०० घर विद्युत सेवाबाट विाचत भएका स्थानीय रश गुरुङले जानकारी दिनुभएको छ ।
विद्युत सेवा अवरुद्ध भएपछि सो क्षेत्रमा साचालन भएका नमस्ते सीडीएमए र एनसेल मोवाइल सेवा पनि बन्द भएको छ भने प्रहरीको साचार सेटले पनि काम गर्न नसकेको मान्वु चौकी इन्चार्ज पुर्णबहादुर लामाले बताउनुभयो । कक्षा ९ र १० को फाराम भर्ने समयमा विद्युत अवरुद्ध भएपछि विद्यार्थीहरु धेरै पैसा खर्च गरेर दुइदिन टाढाको आरुघाट बजारम्म जानुपर्ने अवस्था आएको छ । आयोजनाको मर्मतका लागि राधा कन्स्ट्रक्सन कम्पनी काठमाडौका प्राविधिकहरु आउनुपर्ने हुनाले उनीहरु नआएसम्म विद्युत सेवा सुचारु हुन नसक्ने आयोजनाका अपरेटर नकुल खत्रीले बताउनुभयो ।

No comments: