१७ असार २०६७
बर्षायाम शुरु भएसँगै गोरखाको ग्रामीण क्षेत्रको यातायात सेवा बन्द हुन थालेको छ । पानीका कारण सडकमा पहिरो जान थालेपछि नियमित वससेवा साचालन गर्न नसकिएको यातायात ब्यवसायीहरुले बताएका छन् । हिजो र अस्ती परेको पानीलॆ सडक बिगारेकाले आज सदरमुकामबाट केही ठाउँमा मात्रै बस चलेको यातायात ब्यवसायी समिति गोरखाले जनाएको छ । गोरखा आरुघाट सडकखण्डको खान्चोकमा पहिरो गएका कारण आज सो रुटमा कुनै बस नचलेको समितिका कार्यालय प्रमुख एकराज उपाध्यायले जानकारी दिनुभयो । यस्तै १२ किलो भालुस्वाँरा सडकको कमेरेभीरमा पहिरो गएपछि सो सडकखण्ड पनि आज दिनभर बन्द भएको छ ।
यसबाहेक सदरमुकामकाट वस चल्ने जिल्लाका बोर्लाङ्ग क्यामुन्टार नाम्जुङ्ग बतासे लगायतका ठाउँमा पनि वस साचालनमा कठिनाई भएको यातायात ब्यवसायी समिति गोरखाका महासचीव रामहरि केसीले जानकारी दिनुभयो । वर्षाकै कारण भच्छेक हर्मी र आँपपिपल क्षेत्रको वस सेवा भने यसअघि नै बन्द भैसकेको छ । आरुघाट र भालुस्वाँरा सडक अघिल्ला वर्षभन्दा केही राम्रो भएकाले सो सडकखण्डमा भने वर्षामा पनि वस साचालनको प्रयास गरिने महासचीव केसीले बताउनुभयो ।
अघिल्ला वर्षहरुमा जेठ दोश्रो साताबाटै बन्द हुने वस सेवा यसपाली भने वर्षा ढिलो गरि शुरु भएकाले अहिले सम्म साचालन भैरहेको ब्यवसायीहरुले बताएका छन् । वर्षा र सडकको अवस्था हेरेर कतिपय सडकक्षेत्रमा वर्षामा पनि यातायात साचालनका लागि पहल गरिने समितिमा महासचीव केसीले बताउनुभयो । यातायात ब्यवसायी समितिले गोरखाका विभिन्न गाउँमा गरी ६४ वटा वस साचालन गर्दै आएको छ ।
No comments:
Post a Comment