१८ असार २०६७
विद्यार्थी जीवनको फलामे ढोका मानिने एसएलसी अर्थात् प्रवेशिका परीक्षाको नतीजा आज प्रकाशन भएको छ । परीक्षामा सहभागी मध्ये ६४।३१ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन । २०६६ सालको एसएलसी परिक्षामा ४ लाख ५६ हजार ४१९ जना परिक्षार्थी सहभागि छन् । परिक्षाफल मोबाइल एसएमएस इन्टरनेट लगायतबाट थाहा पाउन सकिने जनाइएको छ ।
यसैविच रेडियो गोरखाले पनि एसएलसीको नतिजाबारे जानकारी दिनेभएको छ । अघिल्ला वर्षहरुझैं यसपाली पनि रेडियोमा टेलिफोन गरेर नतीजा थाहा पाउन सकिने ब्यवस्था गर्न लागिएको हो । नतिजा इन्टरनेटबाट सार्वजनिक भएलगत्तै रेडियो गोरखाको टेलिफोन नम्बर ०६४४२१३३३ मा सम्पर्क गरि आफ्नो नतिजा थाहा पाउन सकिने ब्यवस्था गरिएको रेडियोका स्टेशन मेनेजर किशोरजङ्ग थापाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment