Thursday, July 8, 2010

२४ घण्टा वित्दा पनि गोरखामा एस एल सी नतिजाको विस्तृत विवरण आएन

१९ असार २०६७
प्रवेशिका परीक्षाको नतीजा सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालय गोरखाले भने यससम्बन्धी विस्तृत विवरण अझै उपलब्ध गराउन सकेको छैन । जिल्लामा यो वर्ष ४ हजार १ शय ६७ जनाले प्रवेशिका परीक्षा दिएका थिए । तर कार्यालयले परीक्षा दिएका मध्ये कति प्रतिशत उत्तीर्ण भए भन्ने सामान्य जानकारी समेत उपलब्ध गराउन सकको छैन । कार्यालयका परीक्षा शाखा प्रमुख रेशम थापाले नतीजा सम्बन्धी विस्तृत विवरण संकलन गरेको कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले बताउनुभयो । तर थापा दिनभर सम्पर्कविहिन भएकाले परीक्षामा जिल्लाको अवस्थाबारे थाहा पाउन नसकिएको जिल्लाका साचारकर्मीहरुले गुनासो गरेका छन् । थापाको मोबाइल दिनभर अफ भैदिनाले प्रवेशिकाको नतीजा सम्बन्धी विस्तृत विवरण थाहा पाउन नसकिएको उनीहरुले गुनासो गरेका छन् । तर सार्वजनिक बिदाको दिन परेकाले विवरण उपलब्ध गराउन समस्या भएको शाखा अधिकृत देवकाटाले बताउनुभयो ।
गत वर्ष पश्चिमााचल विकास क्षेत्रमै उत्कृष्ट नतीजा ल्याएको हुनाले पनि जिल्लामा यसपालीको प्रवेशिकाको नतीजाबारेको थप जानकारी लिन शिक्षक विद्यार्थी लगायत साचारकर्मीहरु हतारिएका हुन् । गतवर्षको प्रवेशिका परीक्षामा जिल्लाका ८१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यसपाली भने सो संख्या अझै बढेको अनुमान गरिएको छ ।

No comments: