१९ असार २०६७
गाउँको खोजखबर संकलन गरेर प्रकासन गर्नका लागी गोरखा घ्याल्चोकका बालबालीका उत्साहीत भएका छन् । गाविसको वडा नं १ २ र ७ का विद्यालयमा पढने बालबालीकाहरु बालक्लब गठन गरी पत्रिका प्रकाशन गर्न तम्सीएका हुन् । उनीहरुले तेसे्र छापगाउँ र चैनपुरबाट नमुना भित्ते पाक्षीक र चुर्लीङका बालक्लबले प्रगति नामक भित्तेपत्रीका प्रकाशीत गरेका छन् । गाउँघरका खबर संकलन गरी प्रचार प्रसारका लागी पत्रिका प्रकाशन गरेको फुलबारी बालक्लबका अध्यक्ष तथा नमुना भित्ते पाक्षीककी सम्पादक दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रिकामा गाउँका महीला समुह बालक्लब युवा क्लब सामुदायीक बन गाउँमा साचांलीत एनजीओ का कि्रयाकलापगाउँको खेतीपाती र कृषी उत्पादन लगायतका खबर प्रकाशीत गरीने प्रगति बालसमुहका राजु गुरुङले बताउनुभयो । यसैबिच भित्तेपत्रिका प्रकाशनका लागी गाउँमै २ दिने भित्तेपत्रिका लेखन तालीम पनि सम्पन्न भएको छ । चेस गोरखाले हिजो र आज साचांलन गरेको तालीममा पत्रकार शिब अप्रीयले प्रशीक्षण दिनुभएको थियो । तालीममा स्थानीय सहारा बालक्लब फुलबारी बाल समुह बुद्धस्मृति बालसमुह र प्रगति बाल समुहका २८ जनाको सहभागीता रहेको थियो ।
यस्तै गाउँमा सस्कंतीको संरक्षण र पर्यटकको स्वागतका लागी लाप्राकका बालबालीका संगठीत भएका छन् । हिउचुली लाप्राक युवा समुहको संरक्षकत्वमा आज इन्दीरा गुरुङको अध्यक्षतामा ४२ सदस्यीय बालक्लब गठन गरीएको छ । जसको उपाध्यक्षमा अनील गुरुङ सचिवमा लिला गुरुङ कोषाध्यक्षमा सन्ध्या गुरुङ र सह सचिवमा निर गुरुङ रहनुभएको युवा समुहका अध्यक्ष राज गुरुङले जानकारी दिनुभएको छ । क्लबले अब गाउँको सरसफाई पर्यटकको स्वागत तथा सस्कृंति संरक्षण र बालबालीकाको नेतृत्व विकासका लागी गतिविधी साचांलन गर्ने पनि उहाँले बताउनुभएको छ ।
No comments:
Post a Comment