Thursday, July 15, 2010

विद्यार्थी विदाई

३१ असार २०६७
गोरखाको बोर्लाङ्ग गाविसको सरस्वती उच्च माविले प्रवेशिका परीक्षा २०६६ मा उतीर्ण हुने विद्यार्थीलाई विदाई गरेको छ । विद्यालयले प्रवेशिका परीक्षामा सहभागी ८३ मध्ये उतीर्ण भएका ७५ जनालाई आज एक कार्यक्रम गरी विदाइ गरेको हो । सो विद्यालयबाट यसवर्ष विशिष्ट श्रेणीमा ३ जना पहिलो श्रेणीमा ६४ जना र दोश्रो श्रेणीमा ८ जना उतीर्ण भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक चित्रकुमार श्रेष्ठ शिक्षक मुकुन्दप्रसाद भट्टराई शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धि श्रेष्ठ विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अम्बरबहादुर थापा छिमेकी विद्यालयका प्रधानाध्यापकहरु हरिदत्त खनाल र झंकनाथ िशंखडा द्रब्यशाह क्याम्पसका स्ववियु सभापति रोहित पाण्डे अभिभावकहरु यमभक्त श्रेष्ठ र हरिप्रसाद वाग्ले प्रवेशिका उतीर्ण गर्ने विद्यार्थीहरु विवेक श्रेष्ठ विष्णु ढकाल इराधा श्रेष्ठ साधुराम सुर्खेती लगायतले मन्तब्य रख्नुभएको थियो ।
विद्यालयले विशिष्ट श्रेणाीमा उतीर्ण हुने विवेक श्रेष्ठ विष्णु ढकाल र दिपक पाण्डेलाई नगद १ हजार रुपिया पुरस्कार प्रदान गरेको छ ।
त्यस्तै
अश्राङको नवजागृति चण्डी उच्च माविले पनि प्रवेशिका परीक्षा उतीर्ण विद्यार्थीलाई आज प्रमाणपत्र प्रदान गरी विदाइ गरेको छ । विद्यालयबाट प्रवेशिका परीक्षा २०६६ मा विशिष्ट श्रेणीमा उतीर्ण हुने ९ जना प्रथम श्रेणीका ६७ जना र द्धितीय श्रेणीका ७ जनालाई आज विदाइ गरेको शिक्षक रामप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
विद्यालयले सर्वोत्कृष्ट अंक हासिल गर्ने नविन खड्का र स्मृति परियारलाई एलान छात्रवृत्ति र सुमन राना र कोपिला थापामगरलाई क्याप्टेन भक्तबहादुर थापामगर स्मृति पुरस्कार प्रदान गरेको छ । एलान छात्रवृत्ति पाउनेले जनही ५ हजार २ सय ५० रुपियाँ र भक्तबहादुर स्मृति पुरस्कार पाउनेले ३ हजार ४ सय रुपियाँ पुरस्कार पाएका छन् । त्यसैगरी विशिष्ट श्रेणीमा उतीर्ण सबैजनालाई विद्यालयले ५ सय रुपियाँ प्रोत्साहनस्वरुप उपलब्ध गराएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कालिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक श्यामप्रसाद पाण्डे प्राचार्य चन्द्रप्रसाद श्रेष्ठ छिमेकी विद्यालयका प्रधानाध्यापक खडानन्द भट्ट विद्यार्थीहरु नविन खड्का स्मृति परियार विजय श्रेष्ठ र सूचना पाण्डेले मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी गोरखा नगरपालिका लक्ष्मीबजारको महालक्ष्मी उच्च माविले पनि आज एक कार्यक्रम गरी २०६६ सालमा प्रवेशीका परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर रानाको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी योगराज भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई विभिन्न छात्रवृत्ती पनि वितरण गरिएको शिक्षक श्यामभक्त कट्टेलले बताउनुभएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य लालप्रसाद श्रेष्ठले विद्यालयको सफलता प्रति सम्पुर्ण शिक्षक विद्याथार्ी र अभिभावकको योगदान रहेको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

No comments: