२९ असार २०६७
१ सय ९७ औ भानुनयन्ती गोरखमा पनि भब्यताका साथ मनाइएको छ । साहित्य संगम गोरखाले भानु जयन्तीको अवसरमा कविता प्रतियोगित तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको हो । सो कार्यक्रममा ३० भन्दा बढी श्रष्टाहरुले आदिकवि भानुभक्त आचार्यको जीवनी तथा समसामयिक विषयमा कविता तथा गजल वाचन गर्नुभएको थियो ।
सो प्रतियोगितामा खोप्लाङ्गका भाइकृष्ण सुनार पहिलो आरुपोखरीका रामप्रसाद खनाल दोश्रो तथा खोप्लाङ्गका रमेश विष्ट तेश्रो हुनुभएको छ । उहाँहरुले क्रमश १५ सय १ हजार र ५ सय रुपियाँ पुरस्कार जित्नुभएको छ । प्रतियोगितामा २० भन्दा बढी श्रष्टाहरुले भाग लिनुभएको थियो ।
कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी कवि तथा कथाकार राजनविक्रम थापा गीता रेग्मी गोरखाली श्रष्टाहरु नेत्रमणि आचार्य जयराम श्रेष्ठ ऋषि खनाल इन्द्रकुमारी देवकोटा निलकण्ठ पौडेल शिव अपि्रय सुरेन्द्र देवकोटा नारायण अधिकारी विश्वनाथ चापागाई लगायतले पनि आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
भानु जयन्तीको अवसर पारेर साहित्य संगमले साहित्यकार तथा कवि पुष्पराज देवकोटालाई दोसल्ला ओढाइ सम्मान गरेको छ । मनकामना-६ बनौती घर भएका कविले सुक्ष्म वेदान्त दर्शन कालुजैशीको भुत साधना संक्षिप्त पद्य रामायण लगायतका साहित्यिक सिर्जना मार्फत गोरखाली साहित्य क्षेत्रमा योगदान पुर् याएकोले सम्मान गरेको साहित्य संगमका अध्यक्ष अनन्त मुस्कानले बताउनुभयो ।
No comments:
Post a Comment