२९ असार २०६७
गोरखा जिल्ला अस्पतालले प्रदान गर्ने सेवामा गत वर्षभन्दा सुधार र विस्तार भएको छ । अस्पतालले अस्पताल हातामा आज सार्वजानिक सुनुवाइ कार्यक्रमको आयोजना गरी अघिल्ला वर्षहरुमा भन्दा सेवा प्रवाहमा सुधार आएको र थप सेवा दिन सुरु गरेको जानकारी गराएको हो ।
आकस्मिक कक्षबाट गतवर्ष ४ हजार २ सय २४ जनाले सेवा लिएकोमा यसवर्ष ८ हजार ५ सय ६० जनाले सेवा लिएको बहिरङ्ग सेवाबाट अघिल्लो वर्ष २२ हजार २७ जनाले सेवा लिएकोमा यसवर्ष ३१ हजार ६०० जनाले सेवा लिएको अस्पालका तथ्याङ्क शाखाका मोती विश्वकर्माले जानकारी गराउनुभयो । अस्पतालबाट गत वर्ष ३ सय ७४ जनाले सुत्केरी सेवा लिएकोमा यसवर्ष ६ सय ३५ जनाले सेवा लिएका छन् । यसवर्षदेखि सुत्केरी महिलाको सल्यकि्रर्या सरु भएको र २३ जनाको सल्यकि्रर्या गरिएको अस्पतालले जनाएको छ ।
गत वर्ष २ जनाबाट शल्यकि्रर्या सुरु गरेको अस्पतालले यसवर्ष २ सय ६१ जनाको सल्यकि्रर्या गरेको छ । अस्पतालमा गत वर्ष १ सय ३ जनाले भिडियो एक्सरे सेवा लिएकोमा यसवर्ष ११ सय ७ जनाले लिएका छन् । साधारण एक्सरेमा पनि गत वर्ष ३ हजार ४ सय १ जनाले सेवा लिएकोमा यसवर्ष ४ हजार ५ सय ३२ जनाले सेवा लिएका छन् ।
अस्पतालले पहिलोपटक गरेको सार्वजानिक सुनुवाइमा रिफर गरेको संख्या पनि घटेको जानकारी गराएको छ । गत वर्ष ३ सय ७८ जना विरामी ठुला शहरका बिभिन्न अस्पतालमा रिफर गरेको भएपनि यसवर्ष जम्मा ७८ जनालाई मात्र रिफर गरेको छ । धेरैजसो रोगको उपचार जिल्ला अस्पतालमा नै हुने भएकोले अत्यन्तै जटिल खालका शल्यकि्रया गर्नुपर्ने विरामीलाई मात्र रिफर गरिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले बताउनुभयो ।
सो कार्यक्रममा उपस्स्थित सर्वसाधारणले अस्पतालले प्रदान गर्ने सेवा स्तरिय हुदै गएपनि गोरखा अस्पतालमा साधन श्रोतको कमी भएकाले त्यसलाई पुरा गर्न र अझै राम्रो सेवा दिन अस्पताल ब्यवस्थापन सकि्रय हुनुपर्ने बताएका थिए । जिल्ला स्वास्थ्य प्रमुख लोहनीले अस्पतालको कमजोरी थाहा पाउन र सेवालाई गुणस्तरिय बनाउन सार्वजानिक सुनुवाइ गरेको बताउनुभयो । सार्वजानिक सुनुवाइ कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवा र आगामी कार्यक्रमहरुबारे पनि जानकारी गराएको थियो । सो अवसरमा अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा रक्तसाचार सेवा र एचआइभी पोजेटिभको रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधी वितरण सेवाको बारेमा पनि जानकारी गराइएको थियो ।
No comments:
Post a Comment