२८ असार २०६७
गोरखाको ६ वटा सामुदायिक वन उपभोक्ता समूहको अवस्थाबारे अध्ययन गरेका क्यानाडा र नेपालका बिभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो अध्ययन कार्य सिध्याएर सदरमुकाम फर्केका छन् । वन तथा वातावरण विषय लिइ अध्ययन गर्ने क्यानाडाका १३ र नेपालका १४ जना विद्यार्थीले सामुदायिक वन समूहमा गई सुसासन गरिबमुखी अबधारणा दीगो बन ब्यवस्थापन र सामुदायिक वनमा आधारित उद्योगको अवस्था लगायतका विषयमा अध्ययन गरेर फर्केका हुन् ।
उनीहरुले असार महिनाको तीन हप्ता वन समूहमा नै रहेर घरधुरी सर्वेक्षण वन क्षेत्रको अवलोकन सामुदायिक कार्यहरु र वनसंग जानकारसंगको कुराकानीबाट बिभिन्न विषयमा जानकारी लिइएको टोली संयोजक भुवन केसीले जानकारी दिनुभएको छ ।
अन्तराष्ट्रिय गोष्ठी २०१० नाम दिइएको सो कार्यक्रमका लागि गोरखा नगरपालिकाको लुदी दामगाडे शिखर र विरिाचोक सामुदायिक वन खोप्लाङको अन्नपुर्ण देवीस्थान नारेश्वरको ठुली र बक्राङको बाघपानी वन समुह छनोट भएको छ ।
सो संबन्धि जानकारी गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले आयोजना गरेको एक कार्यक्रममा ६ वटा सामुदायिक वन समूहमा अध्ययन गर्ने टोलीले आआफ्नो समुहको प्रस्तुती गरेका थिए । महासंघका जिल्ला अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी जीवन ज्ञवाली उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।
विगत ६३ वर्षदेखि बिभिन्न देशमा साचालन भइरहेको यस्तो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको साझेदारी र क्यानेडियन अन्तराष्ट्रिय विकास एजेन्सी सिडाको सहयोगमा नेपालमा पहिलो पटक भएको हो । यसअघि अपि्रुका लगायत बिभिन्न महादेश र एशियाका अन्य देशहरुमा शिक्षा स्वास्थ्य लगायतका विषयमा अध्ययन गरिदै आएको यस्तो गोष्ठीमार्फत नेपालमा सामुदायिक वन कार्यक्रमको अध्ययन गरेको टोली संयोजक केसीले बताउनुभयो ।
No comments:
Post a Comment