२१ असार २०६७
एचआइभी पोजेटिभहरुले खाने औषधी अब गोरखा अस्पतालबाट लिन पाइने भएको छ । एचआइभी संक्रमितहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रयोग गरिने औषधी अब गोरखा अस्पतालमा नै पाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पहलमा राष्ट्रिय एचआइभी तथा एड्स केन्द्रले गोरखामा एण्टी रेक्ट्रो भाइरल उपकेन्द्रको स्थापना गराएको हो । तीन वर्ष देखि जिल्ला अस्पतालमा एचआइभी पोजेटिभका लागि परामर्श केन्द्र साचालन भइराखेको र गोरखाका ५० भन्दा बढी पोजेटिभहरुले जिल्ला बाहिरबाट औषधी लिइरहेकाले गोरखामा उपकेन्द्रको स्थापना गराएको एचआइभी परामर्शदाता विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
यसअघि काठमाडौ पोखरा लगायतका ठुला शहरका स्वास्थ्य संस्थामा मात्र पाइने यस्तो औषधी गोरखामा नै पाइने भएपछि जिल्लाबाहिर औषधी लिदै आएका गोरखाका एचआभी पोजेटिभहरुलाई सजिलो हुने भएको छ । सो केन्द्रको स्थापना पछि एचआइभी पोजेटिभहरुले जिल्ला अस्पतालमा नै निशुल्क रुपमा औषधी पाउने अस्पतालका डाक्टर विकास खत्रीले जानकारी दिनुभएको छ । तीन महिनासम्म काठमाडौ पोखरा लगायतका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी लिएकाहरुले मात्र गोरखाबाट औषधी लिन पाउने उहाँले स्पष्ट पार्नुभयो ।
हालसम्म गोरखा अस्पतालको परामर्श केन्द्रमा १ सय ७० जनाले एचआइभी पोजेटिभ संबन्धि परामर्श लिएका छन् भने १८ जना पोजेटिभ भेटिएका छन् ।
No comments:
Post a Comment