२० असार २०६७
यसवर्ष गोरखाको प्रवेशिका परीक्षाका नतिजा अघिल्ला वर्षहरुको तुलनामा निराशाजनक भएको छ । गत वर्ष कुल परीक्षार्थीको ८२।७६ प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष करिब ६९ प्रतिशत मात्र उतीर्ण भएका छन् । यस वर्षको नतिजा गत वर्षको तुलनामा १४।०४ प्रतिशत कम हो । यसवर्ष देशकै नतिजा अघिल्लो वर्षभन्दा खस्केकाले जिल्लामा पनि कम प्र्रतिशत उतीर्ण भएका जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुभएको छ ।
यो बर्ष नियमीत र एक्जामटेड गरी कुल चार हजार एक सय ६७ मध्ये विशिष्ठ श्रेणीमा एक सय आठ प्रथम श्रेणीमा एकहजार दुई सय ५४ द्वितीय श्रेणीमा एक हजार चार सय १३ र तृतीय श्रेणीमा २२ विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ ।
गत वर्ष ८२।७६ प्रतिशत विद्यार्थी उत्र्तीण भएका थिए भने १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराएका थिए । यसवर्ष भने ३ विद्यालयले मात्र शत प्रतिशत विद्यार्थी उतीर्ण गराएका छन् भने छोप्राकको चित्रेपोखरी माविका १० परीक्षार्थीमा सबै अनुतीर्ण भएका छन् । सदरमुकामको दि ओल्ड क्यापिटल उच्च मावि महालक्ष्मी उच्च मावि लक्ष्मीवजार र सेन्ट जोसेफ स्कुल एघारकिलोले सबै परीक्षार्थी उतीर्ण गराउन सफल भएको हो ।
गत वर्ष पश्चिमााचल विकास क्षेत्रमा नै उत्कृष्ट नतिजा ल्याएको बोर्लाङ्गको सरस्वती उच्च माविका भने यसवर्ष ८ जना परीक्षार्थी अनुतीर्ण भएका छन् । त्यसैगरी अश्राङको नवजागृति चण्डी उच्च माविका भने एक परीक्षार्थी अनुतीर्ण भएका छन् । लक्ष्मीवजारको महालक्ष्मी उच्च माध्यमिक विद्यालयका ८४ जना मध्ये १ जना विशिष्ट ६८ जना प्रथम र १५ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । गत वर्ष सत प्रतिशत नतिजा निकाल्ने धेरैजसो विद्यालयको नतिजा कमजोर देखिएको छ । यस्तै अमरज्योती जनता उच्च माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी तीनजना दृष्टिबिहिन विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।
No comments:
Post a Comment