७ बैशाख २०६७
लमजुङमा केही दिनदेखि साँझपख परेको असिना र पानीले लाखौँ मुल्य बराबरको अन्नवाली तथा फलफूलमा क्षति पुर् याएको छ ।
लमजुङको बाँझाखेत भुलभुले भुजुङ पसगाउँ घनपोाखरा उत्तरकन्या कुन्छा लगायतका ग्रामीण क्षेत्रमा परेको असिनापानीले भर्खरै लगाएको मकैबाली र तरकारी बालीमा क्षति पुर् याएको हो ।
हरेक साँझ परेको अविरल असिनापानीले खेतवारीमा लगाएको सवै बाली सखाप बनाएपछि लमजुङमा अरुको बारी अधियाँ कमाएर खाँदै आएका सर्वसाधारण चिन्तित बनेका छन् ।
बाँझाखेत गाविस वडा नं ५ खाँचेका सोमबहादुर तामाङले असिनापानीले आफ्नो सवै बाली सखाप बनाएको वताउँदै छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता परेको वताउनुभयो । विहान घाम झुल्किएर मौसम राम्रो हुँदै गएपनि साँझापाख एक्कासी उत्तरी क्षेत्रवाट कालो बादल मडारिँदै हावाहुरी र असिनापानी आएपछि स्थानीयको जनजीवनमा समेत नराम्ररी असर पारेको छ ।
No comments:
Post a Comment