७ बैशाख २०६७
चट्याङले उपकरणमा क्षति पुर् याएपछि गत शुक्रवार रातीदेखि बन्द भएको रेडियो गोरखा आज बिहानदेखि नियमित भएको छ । क्षतिग्रस्त उपकरणहरुको मर्मत संभारपछि रेडियो साचालनमा ल्याइएको स्टेशन मेनेजर किशोरजंग थापाले बताउनुभयो ।
शुक्रवार राती आएको चट्याङले रेडियोको जेनेरेटर इन्भर्टर १५ वटा ब्याट्री मिक्सचर टेलिफोन हाइबि्रड दुइवटा कम्प्युटर फ्याक्स मेसिन लगायतका उपकरणहरु क्षति भएका थिए । क्षतिग्रस्त जेनेरेटर अझैसम्म मर्मत हुन नसक्दा विद्युत आपुर्ति कटौती हुदा पटक पटक प्रशारण अवरुद्ध भइरहेको छ । चट्याङबाट १० लाख रुपियाँको उपकरण क्षति भएको स्टेशन मेनेजर थापाले बताउनुभयो । क्षति भएका उपकरणको मर्मत गरेर प्रशारण सुचारु गरेको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment