६ बैशाख २०६७
दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले केही महिना यता सवारी जाँचलाई तिब्र पारेको छ । गएको माघ महिनामा सातवटा सडक दुर्घटनाबाट ३ जनाको मृत्यु र २० जना घाइते भएपछि दुर्घटना रोक्न ट्राफिक सकि्रय भएको हो । सवारी जाँचलाई तीब्र बनाएर नियम विपरित चलाउनेहरुलाई कारबाही गरेको ट्राफिक प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
ट्राफिक प्रहरीले चैत महिनामा २ सय २१ सवारी साधनलाई कारबाही गरेको छ । जसमा ७१ वटा मिनिवस ५९ वटा कार÷ जीप ३३ वटा मोटरसाइकल र १६ वटा ट्याक्टरलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ । चैत महिनामा कारबाहीबाट २७ हजार ७०० रुपियाँ राजस्व संकलन भएको ट्राफिक इन्चार्ज थापाले बताउनुभयो ।
ट्राफिकले सवारी जाँच तीब्र पारेपछि फागुन र चैत महिनामा सवारी दुर्घटना पनि कम भएको छ । फागुन महिनामा एउटा ट्याक्टर दुर्घटना भएको छ भने चैत महिनामा तीनवटा दुर्घटना भएका छन् । ट्राफिकले सवारी जाँच तीब्र पारेपछि दुर्घटना कम भएको ट्राफिक इन्चार्ज थापाले बताउनुभयो । जिल्लामा नियम विपरित सवारी चलाउनेलाई कारबाही गरी सवारी दुर्घटना न्युनिकरण गर्ने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment