Thursday, April 22, 2010

टेलिफोन तथा मोवाईल सेवा अबरुद्ध

६ बैशाख २०६७
हिजो साँझ परेको चट्याङ्गको कारण गोरखा लगायत आसपासका जिल्लाहरुमा ल्यान्डलाईन टेलिफोन तथा मोवाईल सेवा अबरुद्ध भएको छ । हिजो साँझ परेको चट्याका कारण नेपाल टेलिकमको तनहुँ बन्दीपुरस्थित रिपिटर टावरमा खराबी उत्पन्न भएपछि गोरखा लगायत तनहुँ र लमजुङमा ल्याण्डलाईन टेलिफोन नमस्ते तथा सीडीएमए मोवाईल सेवा बन्द भएको हो ।
साँझ करीव ५।३० बजे परेको चट्यांङ्गको कारणले टेलिफोन तथा मोवाईल सेवा बन्द भएपछि ल्याण्डलाइन टेलिफोन र मोवाइल प्रयोगकर्ताले हैरानी ब्यहोर्नु परेको छ । मर्मत संभारका लागि प्राविधिक खटाईसकिएको टेलिकमले जनाएपनि अहिलेसम्म सेवा संचाललन हुन सकेको छैन ।
गोरखाको विभिन्न स्थानमा हिजो परेको असिनाले भर्खरै उम्रेको मकै सखाप भएको छ । किसानहरुले भर्खरै मात्र रोपेको मकै उम्रनासाथ परेको असिनाले किसानहरु चिन्तित भएका छन् । हिजो परेको असिनाले जिल्लाका बिभिन्न ठाउँमा भर्खरै फुल खेल्ने बेलाको फलफुल पनि नष्ट गरेको किसानहरुले दुखेसो गरेका छन् ।
हिजो साँझ करीब ३०० ग्राम भन्दा बढी तौलको असिना परेको थियो । उता हावाहुरीले तार जुधाउँदा लमजुङमा हिजो दिउँसोदेखि विद्युत सेवा समेत बन्द भएको छ । एकसातादेखि दैनिक चलेको हावाहुरीका कारण लमजुङमा विद्युत सेवा नियमित हुन सकेको छैन ।

No comments: