Thursday, April 22, 2010

परिचय पत्रको आधारमा सहुलियत नदिएकोमा गुनासो

७ बैशाख २०६७
गोरखाको कच्ची तथा पक्की सडकमा साचालित यातायातका साधनहरुले विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सहुलियत नदिएको प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोरखाले विरोध जनाएको छ । विगतमा विद्यार्थी संघ संगठन र यातायात ब्यावसायिहरुवीच भएको सहमतिको वेवास्ता गर्दै ब्यावसयिले विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत नदिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको हो ।
जिल्ला अध्यक्ष सुमिता बस्नेतद्धारा जारी विज्ञप्तिमा विगतमा भएको सहमतिप्रति जिम्मेवार भइ विद्यार्थीलाई सहुलियत दिन आग्रह गरिएको छ । विज्ञप्तिमा सहमति उलंघन गरेर विद्यार्थी सहुलियत नदिएमा आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

No comments: