Thursday, April 22, 2010

एकिकृत माओवादीको घरदैलो अभियान

८ बैशाख २०६७
शान्ति र संविधानका लागि एकिकृत माओवादीले सुरु गरेको घरदैलो अभियान अन्तर्गत हिजो गोरखाको ताप्ले गाविसको आहालेभाज्याङमा भेला गरेको छ । कार्यक्रममा ताप्ले गाविस इन्चार्ज डिलबहादुर सेन्चुरी सेक्रेटरी गोविन्द भट्टराई इलाका सदस्य यदुविलाश भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो । एकिकृत माओवादी गाइखुर गाविसका भेलाले गोविन्द वराकोटी सचिव रहनेगरी १७ सदस्यीय गाउँ समिति गठन गरेको छ । भेलाले राजकुमार थापा अध्यक्ष रहनेगरी १७ सदस्यीय संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेको छ । भेलालाई माओवादी क्षेत्र नंबर २ का सहइन्चार्ज गुणराज देवकोटाले संबोधन गर्नुभएको थियो ।

No comments: